Menu

News

The NPL Season 2 Trophy Tour

November 16, 2025

नेपाल प्रिमियर लिगको  दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

WhatsApp-Image-2025-11-14-at-4.09.48-PM-1763283608.jpeg

क्रिकेट  असोसिएसन अफ नेपाल  (CAN )द्वारा आयोजित  नेपाल प्रिमियर लिग २ को  ट्रफी सानिमा रिलायन्स लाईफमा इन्स्योरेन्स लि. को प्रधान कार्यालय, नक्सालमा लगिएको छ। सानिमा रिलायन्स सह - प्रायोजक  रहेको उक्त कार्यक्रम यही  मङ्सिर  १ गतेबाट किर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदै छ। कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले नेपालमा क्रिकेटको महत्व तथा खेलको लोकप्रियता दिन प्रति दिन बढ्दै गएको र नेपालमा क्रिकेटका उत्कृष्ट खेलाडीहरू रहेको र ती खेलाडीहरूलाई अन्तरराष्ट्रिय स्तरमा पहिचान गराउन र निजहरूको मनोवललाई उच्च राख्न र देशको छवि अन्तरास्ट्रिय जगतमा स्थापित गर्ने प्रयोजनको लागि CAN ले आयोजना गरेको NPL  एक उत्कृष्ट प्ल्याटफर्मको रुपमा रहेको बताउनु भयो । साथै ९ल्एी० को  दोस्रो संस्करणमा पनि  सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि.सह प्रायोजकको रूपमा रहन पाउँदा हाम्रो कम्पनीले गर्व गर्ने वातावरण बनेको र NPL  को अपार सफलताको लागि कम्पनी र व्यक्तिगत तर्फबाट शुभकामना व्यक्त गर्नु भयो।

 

ट्रफीको शीर्ष स्थानमा साथ राखिएको सगरमाथाको कालापत्थरबाट निमा शेर्पा र मिङ्मा डेविड शेर्पा द्वारा सावधानीपूर्वक र जिम्मेवारीका साथ ल्याइएको यो पत्थरले ट्रफीलाई हिमालको मुटुसँग जोडने कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको साथ तथा सहयोगले सम्भव भएको हो ।

 

हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ, पूँजी ५ अर्बभन्दा बढी रहेको छ, २० अर्बभन्दा बढीको लगानी भइसकेको छ र करिब २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्। २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।