Menu

News

Star Agency Meet 2082 Concludes

July 27, 2025

सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न

काठमाडौं २०८२ श्रावन ११। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले . . २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय  प्रोत्साहनको कार्यक्रम  स्टार एजेन्सी मिट २०८२ सम्पन्न  गरेको छ।

बनेपा, चाबहिल, कौशलटार पाटन रिजनका अभिकर्ता मध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या टिम ब्यबसाय विधामा  उत्कृष्ट भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो  

कार्यक्रममा कम्पनीका  नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बीमा ब्यबसायमा बीमा सल्लाहकारहरुको महत्व   अपरिहार्यता माथि प्रकाश पार्नुहुदै कार्यक्रमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनिलाई अझै नयाँ उचाईमा पुराउनु पर्ने बताउनु भयो। साथै कम्पनीले . २०८१/८२ मा रु ७०० + करोडको बीमाशुल्क संकलन गर्न सफल भएकोमा  सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन पनि  गर्नु भयो । 

कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले  बोल्दै  अभिकर्ताहरूलाई आवश्यक सीप कलाको बारेमा प्रस्ट परेका थिए ।  कार्यक्रममा क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र  शाखा प्रमुख सहित ७०० भन्दा बढी अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।   

त्यस्तै कौशलटार रिजनका उत्कृष्ट एजेन्सी म्यानेजर नमिता न्यौपाने, चाबहिल रिजनका रणबहादुर तामाङ्ग, बनेपा रिजनका नारायण बहादुर गुरुङ्ग पाटन रिजनका योगेन्द्र महर्जनले आफूहरु उत्कृष्ट मा पर्न गरेको  मेहनतको चर्चा गर्दै यस वर्ष पनि उक्त पदलाई यथावत राख्ने लक्ष्य रहेको त्यसै अनुरुप योजना सहित काममा परिचालित भएको बताए । कार्यक्रम ज्ञानबर्द्धक बनाउनको लागि नेपालका प्रख्यात स्पिकर सुदिप बस्नेतलाई  आमन्त्रित गरिएको थियो ।  उनले बिक्री कलाको लागि अति उपयोगी बानीको आवश्यकता महत्त्वको बारेमा चर्चा गरेका थिए।