News
Sanima Reliance Life Insurance Enters Its Ninth Year of Service
April 5, 2026
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमहरूको आयोजना गरि मनाएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतको सहभागितामा कम्पनीको प्रधान कार्यालय र देशभरिका क्षेत्रीय र प्रादेशिक कार्यालयहरूमा मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । साथै काठमाडौँ शान्तिनगर स्थित असहाय वृद्धबृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको नि ः सहाय सेवा सदनमा आहार बिहार मार्फत सामाजिक उत्तरदायित्वको कार्यक्रमहरू आयोजना गरिएको छ ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ। हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २४ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, २२,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।