News
Sanima Reliance Life Delivers 37% Higher Dividends to Shareholders
January 27, 2026
सानिमा रिलायन्स लाईफ आफ्ना शेयरधनीलाई ३७ प्रतिशत बढी लाभांस दिन सफल
काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीलाई ३७ प्रतिशत बढी लाभांस दिन सफल भएको छ। सानिमा रिलायन्सले हरेक वर्ष लाभांस वितरण गर्दै आइरहेको हो।
नेपाली बीमा बजारमा उदाएको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स २ बर्षमा नै लगानीकर्तालाई उच्च प्रतिफल प्रदान गर्न सफल भएको छ। इन्स्योरेन्सले हालसम्म कुल ३७.८०८ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० मा १८.३८११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो भने आव २०८०/८१ मा ८ प्रतिशत बोनस र १.२४८९ प्रतिशत नगद लाभांस गरि कुल ९.२४८९ प्रतिशत लाभांस वितरण गरेको थियो।
गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १०.१७८० प्रतिशत लाभांस वितरण गरेको पनि इन्स्योरेन्सले जनाएको छ।
हालसम्म वितरण गरिएको लाभांश
इन्स्योरेन्सले छोटो अवधिमा नै उच्च लाभांश वितरण गर्दै नेपाली जीवन बीमा बजारमा आफ्नो अलग पहिचान स्थापित गरेको छ। सानिमा रिलायन्स लाईफको नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले गरिरहेका छन् भने इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडीया रहेका छन्।
इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा माथि रहेको छ र देशभर १६९ शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ। २३ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न सफल यस इन्स्योरेन्समा हाल २० हजारभन्दा बढी अभिकर्ताहरू कार्यरत छन्।
सानिमा रिलायन्स लाईफले जीवन बीमा सेवा मार्फत आम नागरिक र बीमितको हितमा काम गर्दै आएको छ। छोटो समयमा उच्च लाभांश वितरण र लगानीकर्ताको विश्वास जित्दै इन्स्योरेन्सले नेपाली बीमा बजारमा सशक्त उपस्थिति देखाएको छ।