Menu

News

Corporate Social Responsibility – Support to Maitri Seva Ashram

June 4, 2025

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा मैत्री सेवा आश्रममा  खाधान्न सामग्री  वितरण 

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मिति  २०८२ जेष्ठ २१ गतेमा , काठमाडौँ  जिल्लाको मैत्री सेवा आश्रममा  खाधान्न सामग्री  वितरण गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक नरेश थापा र शाखा प्रबन्धक रोजिना मानन्धरको उपस्थितिमा खाधान्न सामग्री उक्त आश्रमलाई हस्तान्तरण गरियो । हाल यस आश्रममा ३० जना आश्रित आमा बुबाहरुले सेवा लिदै आइराख्नु भएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि विभिन्न गतिविधिहरू मर्फत सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको  छ । यस्ता प्रयासहरू मार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ।

देशभर १६९ शाखा सञ्जाल  रहेको कम्पनिको पूँजी ५ अर्बभन्दा बढी , २० अर्बभन्दा बढीको लगानी रहेको छ भने  २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनमा कार्यरत छन् ।