Menu

News

Health Service MoU Signed in Chitwan

August 8, 2025

 

सानिमा रिलायन्स र नारायणी सामुदायिक हस्पिटल प्रा. लि. चितवन बीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता

चितवन २०८२ श्रावन २३  सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स  नारायणी सामुदायिक हस्पिटल प्रा. लि. चितवन बीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे  अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स संग आवद्ध, विमित, अभिकर्ता, कर्मचारीहरुले उपचारमा १०% सम्म सहुलियतको व्यवस्था सहित सम्झौता भएको कम्पनी क्षेत्र प्रबन्धक इशा प्रधानले जानकारी दिनुभयो

इन्स्योरेन्स कम्पनी सग सहकार्य गरि स्वास्थ्य सहुलियत दिन पाउँदा अस्पताल प्रशासन खुसि रहेको आवश्यकता अनुसार थप सहयोग गर्न सकिने अध्यक्ष डा. भक्तमान श्रेष्ठले बताउनुभयो सम्झौता हस्ताक्षर गरेकै मितिबाट लागू भई दुई वर्ष अवधि सम्म कामय हुनेछ

क्षेत्र प्रबन्धकको समन्वयमा भएको सम्झौता कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक विष्णु कुवर , म्यानेजर  अरूण लम्साल, इन्स्योरेन्स कम्पनीका मार्केटिङ अफिसर प्रदिप पराजुलीको उपस्थिति रहेको थियो