Menu

News

7th Anniversary Marked with Celebration

March 22, 2025

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मनायो सातौ  वार्षिकोत्सव कार्यक्रम

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले विविध कार्यक्रमको आयोजना गरि आफ्नो आठौं वार्षिकोत्सव मनाएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतको सहभागितामा कम्पनीको प्रधान कार्यालय र देशभरिका  क्षेत्रीय र प्रादेशिक कार्यालयहरूमा मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।  उक्त कार्यक्रममा ३१८ जना भन्दा बढी सहभागीहरुले रक्तदान गर्नु भएको थियो ।  साथै काठमाडौँ  शान्तिनगर स्थित असहाय वृद्धबृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको नि ः सहाय सेवा सदनमा आहार बिहार र काठमाडौं , गुह्येश्वरी स्थित बाल सारथी ऐकेडेमीमा  शैक्षिक सामग्री हस्तान्तरण मार्फत सामाजिक उत्तरदायित्वको कार्यक्रमहरू आयोजना गरिएको छ ।

हालै सम्पन्न आठौं वार्षिक साधारण सभापछि  कम्पनीको जारी पूँजी र चुक्ता पूँजी पाँच अर्ब एक करोड उनन्चास लाख चौबीस हजार छपन्न कायम रहेको छ । देशभरि १७० शाखा संजाल मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको , व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू  सकारात्मक रहेका छन् ।